logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • अमेरिका र इरान युद्धविराम भएसँगै बढ्यो सुनको मूल्य

    अमेरिका र इरान युद्धविराम भएसँगै बढ्यो सुनको मूल्य

    494
    SHARES
    अमेरिका र इरान युद्धविराम भएसँगै बढ्यो सुनको मूल्य

    काठमाण्डौ । अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ । नेपाली बजारमा बुधवार सुनको मूल्यमा ७ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेको हो ।



    महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । मङ्गलवार सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    सुनसँगै आज चाँदीको मूल्य पनि ८९३ ले बढेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला ८९३ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । इरानमाथिको आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेपछि लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुनको भाउमा वृद्धि भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको मूल्य २.३ प्रतिशतले बढेर प्रतिऔँस ४,८१२.४९ अमेरिकी डलर कायम भएको छ । कारोबारको सुरुवाती चरणमा त सुनको भाउ ३ प्रतिशतभन्दा बढीले बढेर गत मार्च १९ पछिकै उच्च स्तरमा पुगेको थियो।


    अर्थ चाैतारी
  • बुधबार, २५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट