logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • सर्वसाधारणलाई एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि

    सर्वसाधारणलाई एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि

    585
    SHARES
    सर्वसाधारणलाई एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि

    काठमाण्डौ । एपोलो हाइड्रोपावर लिमिटेडले आज चैत्र २६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ७ लाख ८० हजार २ सय कित्ता शेयर निष्काशन रेको हो।



    यस निष्काशनमा वैशाख २ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ९४ हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

    कम्पनीको अध्यक्ष आङ तेन्जी शेर्पा हुन् भने अन्य संचालकमा डिल्ली बहादुर गुरुङ, रेनुका गुरुङ, धन बहादुर बस्नेत, राजेन्द्र गुरुङ, रोजेन कुमार श्रेष्ठ र स्वतन्त्र संचालकमा विष्णु प्रसाद अधिकारी रहेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट