काठमाण्डौ । बस तथा हवाई उडान सेवाको अनललाइन टिकट बुकिङ प्लेटफर्म बस सेवाले नयाँ वर्षलाई लक्षित गर्दै नयाँ विशेष अफर ल्याएको छ।
यस अफरअन्तर्गत बस सेवा अनलाइनबाट टिकट काट्ने यात्रुले माउन्टेन फ्लाइट, बन्जी जम्प, फ्रि बस टिकटसहित क्यास ब्याकको सुविधा पाउनेछन्। चैत २९ देखि सुरु भएको बस सेवाको ‘न्यू यएर, न्यू एड्भेन्चर’ क्याम्पेन आउँदो वैशाख १५ गतेसम्म जारी रहनेछ।
यस अवधिमा बस सेवा अनलाइन प्लेटफर्ममार्फत बस तथा हवाई उडानको टिकट काट्ने ग्राहकमध्ये एक जनाले ‘माउन्टेन फ्लाइट’को अवसर पाउनेछन्। बस सेवाले यति यएरलाइन्ससँगको सहकार्यमा आफ्ना ग्राहकलाई यो अवसर उपलब्ध गराउने भएको हो।
यस्तै, क्याम्पेनअन्तर्गत नै दुई जनाले पोखरामा बन्जीजम्प र दुई जनाले प्याराग्लाइडिङको अवसर पाउनेछन्। पोखरा जाने आउने बस टिकट समेत निःशुल्क उपलब्ध हुनेछ। यसका लागि ट्रिप टर्बोसँग सहकार्य गरिएको बस सेवाका व्यापार प्रमुख डेनिसजंङ थापाले जानकारी दिए।
थापाका अनुसार बस सेवामार्फट अनलाइन टिकट बुकिङ गर्ने यात्रु तथा उपभोक्तालाई वर्षैभरी फ्रि टिकट, क्यास व्याक लगायत विभिन्न छुट दिँदै आएको छ। बस सेवाले देशका ७० भन्दा बढी जिल्लामा बस सेवा अनलाइन प्लेटफर्ममार्फत बस तथा हवाई सेवा उपलब्ध गराउँदै आएको छ।
अर्थ चाैतारी ।