काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणमा उनले आफुसँग ललितपुर र काभ्रेमा अपार्टमेन्ट तथा ललितपुर र तनहुँमा घर रहेको उल्लेख गरेका छन् ।
त्यस्तै उनीसँग काठमाण्डौमा ३ रोपनी, गोरखामा ८ रोपनी, चितवनमा ५ कट्ठा र तनहुँमा ६ रोपनी जग्गा रहेको बताएका छन् । उनीसँग ४५ तोला सुन पनि रहेको छ। उनीसँग बैंकमा १ करोड ९० लाख नगद रहेको छ।
उनले सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता र शंग्रिला डेभलपमेन्ट बैंकमा २५ हजार ७ सय ६२ कित्ता शेयर रहेको बताएका छन् । यो संस्थापक शेयर रहेको उनको भनाई छ। नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाखको, ठूलो खोला हाइड्रोमा ६० लाखको र अपर मादी ० खोला हाइड्रोमा ३ करोडको शेयर रहेको बताएका छन् ।
अर्थ चाैतारी ।