logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्त एक आपसमा मर्ज हुने

    जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्त एक आपसमा मर्ज हुने

    559
    SHARES
    जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्त एक आपसमा मर्ज हुने

    काठमाण्डौ । जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त एक आपसमा मर्ज हुने भएका छन् । तीन संस्थाबीच हिजो शनिवार मर्जर सम्झौतामा हस्ताक्षर भएको हो।



    यस अघि चैत्र १४ गते जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएको थियो । अब सोहि मर्जरमा मानुषी लघुवित्त पनि मर्ज हुने गरि त्रिपक्षिय सम्झौता भएको हो ।

    जीवन विकास लघुवित्तको केन्द्रीय मोरङ्गको कटहरीमा रहेको छ भने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा रहेको छ। त्यस्तै मानुषी लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहेको छ ।

    हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड रहेको छ भने युनिक नेपाल लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख रहेको छ। त्यस्तै मानुषी लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख रहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ३० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट