logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • पप्पु कन्स्ट्रक्सनलाई सडक डिभिजनको १५ दिने अल्टिमेटम

    पप्पु कन्स्ट्रक्सनलाई सडक डिभिजनको १५ दिने अल्टिमेटम

    286
    SHARES
    पप्पु कन्स्ट्रक्सनलाई सडक डिभिजनको १५ दिने अल्टिमेटम

    काठमाण्डौ । कैलालीको देवरिया–बेहडाबाबा सडक अन्तर्गत शिवगंगा नदीमा आरसीसी पुल निर्माणको ठेक्का पाएको पप्पु–एडभेन्चर जेभीले काम अलपत्र पारेपछि सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का तोड्ने अन्तिम चेतावनी दिएको छ ।



    कार्यालयले एक सूचना जारी गर्दै पप्पु–एडभेन्चर जेभीलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए ठेक्का सम्झौता अन्त्य गरी निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।

    सडक डिभिजनका अनुसार पुलको नयाँ ‘अलाइनमेन्ट’ अनुसार डिजाइन र ड्रइङ पेस गर्न पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि निर्माण व्यवसायीले बेवास्ता गर्दै आएको छ । लामो समयदेखि निर्माण कार्य ठप्प हुँदा र कार्य प्रगति सन्तोषजनक नभएपछि कार्यालयले कडा कदम चाल्न लागेको हो ।

    सूचनामा भनिएको छ, ‘मनासिव कारण भए यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस डिभिजनमा लिखित स्पष्टीकरण पेस गर्नुहुन अनुरोध गरिन्छ । अन्यथा ठेक्का सम्झौताको……५७.१/५७.२, सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम ठेक्का अन्त्य गरिनेछ ।’

    ठेक्का तोडिएमा निर्माण व्यवसायीको कार्यसम्पादन जमानत जफत गरिनुका साथै बाँकी निर्माण कार्य गर्न लाग्ने थप खर्च समेत सोही व्यवसायीबाट सरकारी बाँकी सरह असुल उपर गरिने कार्यालयले चेतावनी दिएको छ ।

    यसअघि पनि विकास निर्माणका काममा ढिलासुस्ती र गुणस्तरहीन काम गरेको भन्दै पप्पु कन्स्ट्रक्सन पटक–पटक विवादमा पर्दै आएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट