logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • आत्मनिर्भर लघुवित्तको साधारण सभा आज हुँदै, के-के छन् एजेन्डा ?

    आत्मनिर्भर लघुवित्तको साधारण सभा आज हुँदै, के-के छन् एजेन्डा ?

    390
    SHARES
    आत्मनिर्भर लघुवित्तको साधारण सभा आज हुँदै, के-के छन् एजेन्डा ?

    काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बैशाख ७ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा घोराही उपमहानगरपालिका १५, दाङमा बिहान ११ बजे शुरु हुनेछ।



    संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सभाले सो प्रस्ताव पारित गर्नेछ ।

    लाभांश प्रस्तावका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत २६ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार चैत २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट