logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सरकारले पेट्रोलियम पदार्थमा गरेकाको मूल्य वृद्धि फिर्ता लिनुपर्छ: कुलमान घिसिङ

    सरकारले पेट्रोलियम पदार्थमा गरेकाको मूल्य वृद्धि फिर्ता लिनुपर्छ: कुलमान घिसिङ

    377
    SHARES
    सरकारले पेट्रोलियम पदार्थमा गरेकाको मूल्य वृद्धि फिर्ता लिनुपर्छ: कुलमान घिसिङ

    काठमाण्डौ । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत पुगेका उनले वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो माग गरेका हुन्।



    उनले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनुपर्नेमा पनि जोड दिए। ‘कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो छ । यहाँ बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य वृद्धि गर्नु हुँदैन,’ उनले भने, ‘नजिकको छिमेकी देश भारतले पनि इन्धनमा मूल्य वृद्धि गरेको छैन। यसमा सरकारले नागरिकमाथि मूल्य वृद्धिको भार घटाउनुपर्छ र स्तरीकरण गर्न सक्नुपर्छ।’

    दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन आफूले सहयोग गर्ने अध्यक्ष घिसिङले बताए। आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दा र सरकारमा रहँदा कर्णालीको विद्युतीकरणमा र ‘ट्रान्समिसन लाइन’का लागि करिब रु ३५ अर्ब लगानी सुनिश्चित गरिएको जानकारी उनले दिए।

    १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म भइरहेको छ। छोटो समयमै पार्टी गठन भएको र त्यसको उचित व्यवस्थापन गर्न नपाउँदै चुनावमा जानुपर्ने बाध्यता भएकाले चुनावमा हार व्यहोर्नु परेको उनको तर्क थियो।

    अबको चुनावमा उनेपा ठूलो पार्टी भएर आउने र वडा तहसम्म सङ्गठन विस्तार गर्ने दाबी पनि उनले गरे।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट