logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • क्याथेप्यासिफिकको युरोप रुटको ब्यापार ह्वात्तै बढ्यो

    क्याथेप्यासिफिकको युरोप रुटको ब्यापार ह्वात्तै बढ्यो

    546
    SHARES
    क्याथेप्यासिफिकको युरोप रुटको ब्यापार ह्वात्तै बढ्यो

    काठमाण्डौ । इरान युद्धका कारण विश्व अर्थतन्त्र उथलपुथल भइरहँदा वायुसेवा कम्पनीहरुको व्यापारमा पनि उतारचढाव देखिएको छ। एशियाली वायुसेवा कम्पनीको टिकटको माग ह्वात्तै बढेको छ।



    युद्धका कारण खाडी देशका विमानस्थल पूर्ण रुपमा प्रयोग हुन छोडेका छन्। यसले वायुसेवा व्यापारमा नयाँ स्थिति सिर्जना गरिदिएको छ।

    हङकङ हब भएर चल्ने क्याथेप्यासिफिक एयरवेज, सिंगापुरको सिंगापुर एयरलाइन्स र अष्ट्रेलियाको क्वान्टस एयरवेजले मार्च महिनामा युरोपेली रुटहरुमा बलियो बजार लिएको तथ्यांक सार्वजनिक गरेका छन्।

    मार्चमा इन्धन मूल्य दोब्बरले बढेको थियो। क्याथेप्यासिफिकी प्रमुख ग्राहक अधिकृत लाभिनिया लाउले रोयटर्ससँग भनिन्, ‘यात्रुहरुले वैकल्पिक रु टहरुलाई प्राथमिकता दिएकाले हामीले मार्च र अप्रिलमा युरोपका लागि उडान र क्षमता विस्तार गरेका छौँ।’

    हङकङबाट हुने लामो दूरीका बुकिङको माग अप्रिल महिनाभरि नै उस्ते रहने क्याथे प्यासिफिकको अपेक्षा छ।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट