logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने स्कूललाई कारबाही गर्न परिपत्र

    पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने स्कूललाई कारबाही गर्न परिपत्र

    455
    SHARES
    पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने स्कूललाई कारबाही गर्न परिपत्र

    काठमाण्डौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गर्न देशभरका शिक्षा विकास तथा समन्वय एकाईलाई परिपत्र गरेको छ।



    सोमबार केन्द्रका निर्देशक श्यामप्रसाद आचार्यले सबै शिक्षा एकाई र स्थानीय तहलाई परिपत्र गरेको हो। पत्रमा केन्द्रबाट स्वीकृति प्रदान गरेका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्री विद्यालयमा लागू गर्नुपर्ने व्यवस्थाबारे उल्लेख गरिएको छ।

    केही प्रकाशनले कानुनी व्यवस्था उल्लघंन गरेको पाइएको केन्द्रले जनाएको छ। ‘केही प्रकाशनले कानुन उल्लघंन गरी बढी मूल्य तोकिएका, कागजको गुणस्तर न्यून भएका र स्वीकृति नै नलिएका तथा मूल्य नै नतोकेका पाठ्यपुस्तक तथा पाठ्यसामग्री बिक्री गरेको तथा विद्यालयहरूले प्रयोग गर्न लागेको गुनासो प्राप्त भएको छ,’ पत्रमा भनिएको छ।

    केही विद्यालयले पाठ्यपुस्तक, पोशाक, स्टेसनरी विक्री वितरण गरिरहेको गुनासो आएको केन्द्रले जनाएको छ। स्थानीय तहसँगको समन्वयमा अनुमगन गरेर त्यस्ता विद्यालयलाई कारबाही गर्न भनिएको हो।

    पत्रमा भनिएको छ, ‘नेपाल सरकारको नीति र कानुनविपरीत कार्य गरी बालबालिका र अभिभावकलाई अतिरिक्त बोझ दिने, गुणस्तरहीन सामग्री प्रकाशन र वितरण गर्ने, विद्यालयबाटै पोशाक, पाठ्यपुस्तक, स्टेसनरी विक्रीवितरण गर्ने जस्ता कार्यहरू भए/नभएको स्थानीय तहसँग समेत समन्वय तथा अनुगमन गरी कारबाही गर्नु/गराउनु हुन र सोको जानकारी यस केन्द्रमा पठाउनुहुन अनुरोध छ।’


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट