logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन, यूएईलाई हराउँदै नेपालले सिरिज बराबरी गर्‍यो

    कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन, यूएईलाई हराउँदै नेपालले सिरिज बराबरी गर्‍यो

    871
    SHARES
    कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन, यूएईलाई हराउँदै नेपालले सिरिज बराबरी गर्‍यो

    काठमाण्डौ । कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा घरेलु मैदानमा यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई खेलको सिरिज बराबरी गरेको छ ।



    मंगलबार सम्पन्न खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गर्दै सिरिज १-१ को बराबरीमा ल्याएको हो। पहिलो खेलमा सोमबार डीएल मेथडमार्फत नेपाल ६ विकेटले पराजित भएको थियो ।

    दुई खेलको सिरिजअन्तर्गत पहिलो खेलमा बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको नेपाली टोलीले दोस्रो खेलमा भने समग्रमा उत्कृष्ट प्रदर्शन गरेको छ । यस खेलमा नेपालले बलिङ र ब्याटिङ दुवैतर्फ सन्तुलित र प्रभावशाली प्रदर्शन गर्दै सहज जित निकालेको हो ।

    यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका ओपनर कुशल भुर्तेलले अविजित ८४ रनको विस्फोटक इनिङ खेले भने कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे । भुर्तेलको आक्रामक ब्याटिङ र कप्तान ऐरीको साथले नेपाललाई सहज जित दिलाउन महत्वपूर्ण भूमिका खेलेको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट