logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

    एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

    1K
    SHARES
    एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

    काठमाण्डौ । एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले वैशाख ११ गते शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो।



    कम्पनीले चैत्र २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ८० हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

    कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीको अध्यक्ष आङ तेन्जी शेर्पा हुन् भने अन्य संचालकमा डिल्ली बहादुर गुरुङ, रेनुका गुरुङ, धन बहादुर बस्नेत, राजेन्द्र गुरुङ, रोजेन कुमार श्रेष्ठ र स्वतन्त्र संचालकमा विष्णु प्रसाद अधिकारी रहेका छन्।


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट