logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ग्राहकको गोपनीयतामा ‘नबिल’ को प्रष्टीकरण: ‘दुष्प्रचार गर्नेमाथि कानूनी कारबाही हुन्छ’

    ग्राहकको गोपनीयतामा ‘नबिल’ को प्रष्टीकरण: ‘दुष्प्रचार गर्नेमाथि कानूनी कारबाही हुन्छ’

    403
    SHARES
    ग्राहकको गोपनीयतामा ‘नबिल’ को प्रष्टीकरण: ‘दुष्प्रचार गर्नेमाथि कानूनी कारबाही हुन्छ’

    काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकको बैंकिङ गोपनीयता र कारोबारको विवरण सुरक्षित रहेको प्रस्ट पारेको छ । पछिल्ला केही दिनयता सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा बैंकले ग्राहकको विवरण चुहावट गरेको भन्दै आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले ती प्रचारहरू आधारहीन र प्रमाणविहीन भएको दाबी गरेको छ ।



    बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रचलित कानुन र बैंकिङ नैतिकताको पूर्ण पालना गरिएको भन्दै नियोजित दुष्प्रचारको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    गत वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू” शीर्षकको समाचारलाई लिएर सामाजिक सञ्जालमा बैंकको नाम जोडिएको थियो । बैंकले उक्त समाचारमा नै कान्तिपुरले ‘अनुसन्धानरत निकायबाट प्राप्त गरेको बैंकिङ कारोबारको विवरण’ भनी प्रस्ट उल्लेख गरेको तथ्यलाई स्मरण गराएको छ ।

    “विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा भएका कारोबारको विवरण प्रकाशित भएको तथ्यलाई नजरअन्दाज गर्दै बैकविरुद्ध नियोजित रूपमा दुष्प्रचार गरिएको छ,” विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित समाचारको स्रोत नै प्रस्ट भएको अवस्थामा बैंकमाथि प्रश्न उठाउनु भ्रमपूर्ण छ ।”

    नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंकको हैसियतले नबिलले ग्राहकको सूचनाको पूर्ण गोपनीयता कायम गर्न आफू कटिबद्ध रहेको जनाएको छ । ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि वा नियामयकी र अनुसन्धानकारी निकायले कानुनी प्रक्रिया पूरा गरी मागेको अवस्थाबाहेक कुनै पनि अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई विवरण उपलब्ध नगराउने बैंकले प्रस्ट पारेको छ ।

    कुनै पनि विवरण पहुँच भएको अवस्थामा बैंकको प्रणाली अर्थात् ‘कोर बैंकिङ सिस्टम’ (सीबीएस) मा कुन कर्मचारीले, कुन मितिमा र कुन प्रयोजनका लागि विवरण निकालेको हो भन्ने सम्पूर्ण लगत सुरक्षित रहने पनि बैंकले जनाएको छ ।

    बैंकको छविमा आँच पुर्‍याउने र बैंकिङ सेवाप्रतिको विश्वासलाई प्रभावित पार्ने गरी तथ्यहीन दुष्प्रचार गर्नेहरू विरुद्ध बैंक कडा रूपमा प्रस्तुत हुने जनाएको छ । बैंकले सूचना बङ्ग्याउने व्यक्ति वा निकायविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ र अन्य प्रचलित कानुन अनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

    चार दशकभन्दा लामो विश्वसनीय इतिहास रहेको नबिल बैंकले आफ्ना ग्राहकलाई उच्चतम प्रविधि र सुरक्षाका साथ सेवा दिन सधैँ तत्पर रहेको समेत प्रतिबद्धता जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट