logo

२०८३ बैशाख १३, आइतबार

logo
  • २०८३ बैशाख १३, आइतबार
  • दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी हुँदा ६ जना घाइते

    दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी हुँदा ६ जना घाइते

    39
    SHARES
    दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी हुँदा ६ जना घाइते

    काठमाण्डौ । स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ । उक्त घटनामा कम्तीमा ६ जना यात्रु घाइते भएका छन् ।



    यो घटना आइतबार बिहान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । दिल्लीबाट जुरिख जाँदै गरेको उडान बिहान करिब १:०८ बजे धावनमार्गमा थियो ।

    विमानमा कुल २३२ जना (४ शिशुसहित २२४ यात्रु ) सवार थिए । आगलागी भएपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो । घाइतेहरूलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ ।

    विमानस्थल प्रशासनका अनुसार घटनापछि पूर्ण आपतकाल घोषणा गरिएको थियो। विमान सेवाका अनुसार चालकले उडान रोक्दै सावधानीका रूपमा यात्रुहरूलाई बाहिर निकाल्ने निर्णय गरेका थिए ।

    सम्बन्धित विमान ठूलो आकारको यात्रुवाहक विमान रहेको बताइएको छ । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट