logo

२०८३ बैशाख १४, सोमबार

logo
  • २०८३ बैशाख १४, सोमबार
  • स्थानीयसँग विवादमा उत्रिएका सशस्त्रका डिएसपी हमाल बर्दिबासको छिन्नमस्ता बाहिनी तानिए

    स्थानीयसँग विवादमा उत्रिएका सशस्त्रका डिएसपी हमाल बर्दिबासको छिन्नमस्ता बाहिनी तानिए

    13
    SHARES
    स्थानीयसँग विवादमा उत्रिएका सशस्त्रका डिएसपी हमाल बर्दिबासको छिन्नमस्ता बाहिनी तानिए

    सिरहा । सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाल महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएका छन् । स्थानीयसँगको विवाद, भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग लगायतका विषयमा छानबिनका लागि उनलाई बाहिनी तानिएको सशस्त्र प्रहरी प्रवक्ता एवम् डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।



    हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बरियारपट्टी सीमा क्षेत्रमा भन्सार छली गरी ल्याइँदै गरेको डिजेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयसँग विवाद भएको थियो । सोही विवादका क्रममा डिएसपी हमाल आक्रोशित शैलीमा प्रस्तुत भएका थिए ।

    सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सो भिडियोमा डिएसपी हमाल आक्रोशित हुँदै ‘तिमीहरु तस्कर हौ’ भनेको सुनिन्छ । सशस्त्र प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै प्रतिवाद उत्रिएका स्थानीयले ‘भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गर्ने तपाईं तस्कर होइन, अनि हामी कसरी तस्कर ?’ भन्दै प्रश्न गरेको देखिन्छ ।

    भिडियोमा डिएसपी हमाल हेलमेट लगाएर बीआर ०६ डीवाई ३०४१ नम्बरको मोटरसाइकलमा आएको पनि देखिन्छ । विवादपछि स्थानीयहरूले सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शिवकुमार यादवलाई घटनास्थलमा बोलाएका थिए । स्थलगत निरीक्षणपछि सांसद यादवले सम्पूर्ण स्थानीयलाई तस्करको संज्ञा दिनु गैरकानुनी र अनुचित भएको बताएका छन् ।

    उनले प्रहरीको पोशाकमा भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गरी नागरिकलाई त्रसित पार्ने काम स्वीकार्य नभएको भन्दै घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउनुपर्ने बताए ।

    स्थानीयवासीहरूले प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका छन् ।

    यता, सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले स्थानीय र प्रहरीबीचको विवादका कारण डिएसपी हमाललाई सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी–२ महोत्तरी हेडक्वाटर तानिएको जानकारी दिएका छन् । डिएसपी हमाल सशस्त्र प्रहरी बल माडर अन्तर्गत बरियारपट्टी क्षेत्रमा कार्यरत थिए ।


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट