logo

२०८३ बैशाख १४, सोमबार

logo
  • २०८३ बैशाख १४, सोमबार
  • पुरानो सवारी साधन साटेर नयाँ प्रोटोन कार चढ्ने विशेष अवसर

    पुरानो सवारी साधन साटेर नयाँ प्रोटोन कार चढ्ने विशेष अवसर

    156
    SHARES
    पुरानो सवारी साधन साटेर नयाँ प्रोटोन कार चढ्ने विशेष अवसर

    काठमाण्डौ । प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले पुराना गाडी साटेर नयाँ लिन चाहने ग्राहकका लागि ‘सेल्स एण्ड एक्सचेन्ज एक्सीलेन्स’ योजना सार्वजनिक गरेको छ । आइतबारदेखि सुरु भएको यो योजना वैशाख १५ गतेसम्म देशभरका प्रोटोन शोरुममा सञ्चालन हुने कम्पनीले जनाएको छ ।



    यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै पुराना सवारी साधनसँग प्रोटोनका नयाँ मोडलहरू साट्न पाउनेछन् । पछिल्लो समय विद्युतीय गाडी (ईभी) तर्फ बढ्दै गएको आकर्षणलाई ध्यानमा राख्दै कम्पनीले प्रोटोन ‘e.MAS 7’ लगायतका अन्य विभिन्न भेरियन्टमा विशेष सुविधा र सहुलियत उपलब्ध गराएको छ ।

    एक्सचेन्जमा सहभागी हुने ग्राहकलाई आकर्षक नगद छुटका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याङ्कन प्रदान गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यसका अतिरिक्त गाडी खरिद गर्नेले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक दस्तुर, ७ किलोवाटको चार्जर र ८ वर्षको वारेन्टी समेत पाउनेछन् ।

    सवारी खरिद प्रक्रियालाई सहज, भरपर्दो र मूल्यवान् बनाउन यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । वातावरणीय मैत्री यातायातका साधन रोज्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने र यसले आधुनिक मोबिलिटीमा प्रोत्साहन पुग्ने विश्वास जगदम्बा मोटर्सले लिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट