logo

२०८३ बैशाख १४, सोमबार

logo
  • २०८३ बैशाख १४, सोमबार
  • सानिमा रिलायन्स लाइफका कर्मचारी र अभिकर्ताले गरे गुराँसको राजधानी भ्रमण

    सानिमा रिलायन्स लाइफका कर्मचारी र अभिकर्ताले गरे गुराँसको राजधानी भ्रमण

    286
    SHARES
    सानिमा रिलायन्स लाइफका कर्मचारी र अभिकर्ताले गरे गुराँसको राजधानी भ्रमण

    काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कोशी प्रदेशका अभिकर्ता र कर्मचारीहरुलाई गुराँको राजधानी भ्रमण गराएको छ । कम्पनीले बैशाख १२ र १३ गते तिनजुरे, मिल्के जलजले क्षेत्रमा आफ्ना कर्मचारी र अभिकर्तालाई भ्रमण गराएको हो । भ्रमणमा ४५ जनाको समुह थियो ।



    यस क्षेत्रमा अवस्थित पाथिभराको मन्दिर, आर.आर. गार्डेन, चोलुङ पार्क, टुटे देउराली लगायतको भ्रमण गरेको बताइउको छ । ३२ प्रजातीका गुराँस मध्ये २९ प्रजातीको गुराँसको अवलोकन गरेको समेत बताइएको छ ।

    दुई दिने भ्रमणको आयोजनाले गुराँस प्रतिको मोह बढी पर्यटन प्रवर्धनमा सहयोग पुगेको कम्पनीका कोशी प्रदेश प्रमुख कर्मराज पौडेलले बताए । कोशी प्रदेशको विभिन्न पर्यटकीय क्षेत्रहरुको भ्रमण गराउने योजना भइरहेको प्रदेश प्रमुख पौडेलको भनाई छ ।

    बीमाको काम गर्दा गर्दै थाकेको र तराईको गर्मीले सताइरहेको बेला कम्पनीले दुइ दिने भ्रमण राखेर फ्रेस बनाएको झापाकी इन्दु सुवेदीले बताइन् । तिनजुरे क्षेत्रमा चिसो हावा चलेको थियो, चर्को गर्मीलाइृ छल्न तिनजुरे पुगेका अभिकर्ता र कर्मचारीहरु धेरै खुशी भएको बताएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट