काठमाण्डौ । ग्लोबल हाइड्रोपावर एशोशियटले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले गत फागुन १५ गते बोर्डमा आवेदन दिएको हो।
कम्पनीले ५८ करोड ३० लाख रुपैयाँ बराबरको ५८ लाख ३० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यो कम्पनी एमभी दुगड ग्रुप अन्तर्गतको हो। कम्पनीले सोलुखुम्बु र रामेछापमा ५५ मेगावाट क्षमताको ईखु २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत सन् २०२३ जुलाई ३१ देखि व्यापारिक उत्पादन गरिरहेको छ।
अर्थ चाैतारी ।