logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • इजरायल र यी खाडी मुलुकलाई ८.६ अर्ब डलरको हतियार बेच्ने अमेरिकाको निर्णय

    इजरायल र यी खाडी मुलुकलाई ८.६ अर्ब डलरको हतियार बेच्ने अमेरिकाको निर्णय

    286
    SHARES
    इजरायल र यी खाडी मुलुकलाई ८.६ अर्ब डलरको हतियार बेच्ने अमेरिकाको निर्णय

    काठमाण्डौ । अमेरिकाले मध्य पूर्वमा रहेका आफ्ना सहयोगी देशलाई ८.६ अर्ब डलरको हतियार बिक्री गर्ने सम्झौता अनुमोदन गरेको छ।



    इरानसँग युद्धका बिच अमेरिकाले इजरायलसहित मध्यपूर्वका आफ्ना सहयोगी देशलाई यति धेरै हतियार बेच्ने निर्णय गरेको हो। यद्यपि तीन हप्ताभन्दा बढी समयदेखि युद्धविराम छ।

    अमेरिकाले हतियार प्रदान गर्ने देशहरूमा इजरायल, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) छन्। सम्झौताअन्तर्गत अमेरिकाले कतारलाई ४ अर्ब डलरभन्दा बढी मूल्यको प्याट्रियट एयर एन्ड मिसाइल डिफेन्स सिस्टमका लागि आपूर्ति र समर्थन सेवा प्रदान गर्नेछ।

    यसका साथै ९९२.४ मिलियन डलरको उन्नत प्रिसिजन किल हतियार प्रणाली पनि बेचिनेछ। यसैगरी कुवेतलाई २.५ अर्ब डलरको एकीकृत युद्ध कमान्ड प्रणाली र इजरायललाई ९९२ मिलियन डलरभन्दा बढीको उन्नत प्रिसिजन किल हतियार प्रणाली अमेरिकाले बिक्री गर्नेछ।

    यूएईलाई पनि १४७ मिलियन डलरभन्दा बढीको सोही प्रणाली बिक्री गर्ने सम्झौता अमेरिकाको विदेश मन्त्रालयले गरेको बीबीसीले जनाएको छ।


    अर्थ चाैतारी
  • शनिबार, १९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट