logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • महासंघमा अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    महासंघमा अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    455
    SHARES
    महासंघमा अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभा अन्तर्गत वैशाख २२ गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् भने नयाँ पदाधिकारी र कार्यसमिति सदस्यहरूले विजयको प्रमाणपत्र प्राप्त गरेका छन् ।



    निर्वाचन परिणाम अनुसार एसोसिएट उपाध्यक्ष पदमा प्रवलजंग पाण्डे १ हजार ७९ मत प्राप्त गर्दै विजयी भएका छन् । लोमश फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालक समेत रहेका पाण्डेले आफ्ना प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठलाई पराजित गरेका हुन् । पाण्डे हाल सिटिजन्स बैंकको अध्यक्षको जिम्मेवारीमा समेत रहेका छन् ।

    एसोसिएटतर्फको १७ सदस्य पदका लागि भएको निर्वाचनमा सचिन ढकालले सर्वाधिक १ हजार ३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरे । विजयी हुने अन्य सदस्यहरूमा हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वल कुमार श्रेष्ठ, शक्ति कुमार वेगानी, ऋषि अग्रवाल, सुशील थापा, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवस न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, ईश्वरबहादुर जिसी, सुरज उप्रेती र बटु लामिछाने रहेका छन् । यस विधामा पाण्डे र श्रेष्ठ समूहबिच कडा प्रतिस्पर्धा देखिए पनि अधिकांश पदमा पाण्डे समूहकै उम्मेदवारहरू निर्वाचित भएका छन् ।

    वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठले बाजी मारेका छन् । निर्वाचन समितिका अनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरेका हुन् । वस्तुगततर्फको १६ कार्यकारी सदस्य पदका लागि भएको निर्वाचनमा १३ जनाको टुङ्गो लागेको छ ।

    जसमा अरनिको राज भण्डारीले ७० मतका साथ अग्रता कायम गरे । अन्य निर्वाचित सदस्यहरूमा विदुर धमला, सागर ढकाल, रवीन पुरी, राजकुमार कार्की, पशुपतिदेव पाण्डे, लिलेन्द्र प्रधान, भक्तबहादुर हमाल, नानीराज घिमिरे, संघर्ष बिष्ट र होमप्रसाद घिमिरे रहेका छन् । ५०–५० मत प्राप्त गरेका नीराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेमध्ये तीन जनाको चयन भने गोला प्रथाबाट गरिने भएको छ ।

    यसै गरी, जिल्ला–नगर उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ समूहका कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् । शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गर्दा प्रतिस्पर्धी समूहका उमेश डालमिया र कल्पना गैरेले क्रमशः ५० र ३० मत मात्र प्राप्त गरे ।

    जिल्ला–नगर खुल्लातर्फ अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वल प्रसाद कसजु र सुदर्शन कार्की सदस्यमा निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सुनिता नेहाफुकी ५४ मतसहित विजयी भएकी छिन् भने गीता अमात्य र हिरा भट्टराई पनि कार्यसमितिमा चयन भएका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, २३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट