logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

    सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

    611
    SHARES
    सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

    काठमाण्डौ । विशेष अदालत काठमाण्डौले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।



    बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य नसकिएको भन्दै म्याद थपको आदेश दिएको हो । अदालतको आदेश अनुसार शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवालको हकमा छैटौँ पटक र अर्का व्यवसायी दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको हो । यो म्याद २०८३ साल वैशाख २३ गतेदेखि लागू हुने गरी प्रदान गरिएको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाल र भट्टमाथि सम्पत्ति शुद्धीकरण तथा सम्बद्ध कसुरमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा सरकारी वकिलको राय प्रतिवेदन तयार गर्ने र अभियोजनको कार्य बाँकी रहेको भन्दै विभागले थप समय माग गरेको थियो ।

    हालै जारी भएको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४’ लाई संशोधन गर्न बनेको अध्यादेश अनुसार मुद्दा हेर्ने क्षेत्राधिकार र प्रक्रियामा केही परिवर्तन आएकाले सोही बमोजिम संयुक्त अनुसन्धान टोलीले छानबिन अगाडि बढाएको जनाइएको छ ।

    684690363_2475715222901244_3293949896391661162_n


    अर्थ चाैतारी
  • बुधबार, २३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट