logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • अन्तिम दिनको बढोत्तरीले सकारात्मक भएर बन्द भयो साताको सेयर बजार

    अन्तिम दिनको बढोत्तरीले सकारात्मक भएर बन्द भयो साताको सेयर बजार

    533
    SHARES
    अन्तिम दिनको बढोत्तरीले सकारात्मक भएर बन्द भयो साताको सेयर बजार

    काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २७.४९ अङ्कले बढेर २७४५.६५ विन्दुमा पुगेर बन्द भएको छ ।



    गत साता बजार २७३८.७२ अङ्कमा थियो। आजको कारोबारसँगै सातामा शेयर बजार सकारात्मक भई करिब ७ अङ्क बढेको छ। बजार खुलेदेखि नै सकारात्मक लयमा देखिएको नेप्सेमा आज कारोबार रकम पनि उत्साहजनक रहेको छ ।

    दिनभरिमा ३३५ कम्पनीका ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक किनबेच हुँदा कुल ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा बजारमा हरियाली छाएको छ । कुल सूचीकृत कम्पनीहरूमध्ये २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको मूल्य घटेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

    बजारका सबै समूहका सूचकमा आज हरियाली छ। आज त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । त्यसैगरी, होटल फरेस्ट इन ७.९० प्रतिशत र सुर्यकुण्ड हाइड्रोपावर ६.१२ प्रतिशतले बढेका छन्।

    कारोबार रकमका आधारमा आज होटल फरेस्ट इन अग्रस्थानमा रह्यो, जसको १३ करोड ८६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भयो। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको १३ करोड ६४ लाख र सोलु हाइड्रोको १२ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट