logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • ‘सर्ट फिल्म डेभलभमेन्ट ल्याब’ मा छानिए ६ फिल्म

    ‘सर्ट फिल्म डेभलभमेन्ट ल्याब’ मा छानिए ६ फिल्म

    403
    SHARES
    ‘सर्ट फिल्म डेभलभमेन्ट ल्याब’ मा छानिए ६ फिल्म

    काठमाण्डौ । ‘सर्ट फिल्म डेभलभमेन्ट ल्याब’ मा यस वर्षको लागि ६ फिल्म छनोट भएका छन्। चलचित्र ल्याबले काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव (किम्फ)सँगको सहकार्यमा सुरु गरेको ल्याबमा काख, अम्ब्रेला ओभर द ल्याम्ब, ह्वेयर आइ स्ट्याण्ड, फोर गेस्ट ओन्ली, पारिजात र उल्टो आकाश छनोट भएका हुन् ।



    ल्याबले अब छनोट भएका फिल्मलाई मेन्टरसिपदेखि पिचिङ प्लेटफर्म प्रदान गर्नेछ। नयाँ निर्देशक र निर्माता, दुवैका लागि चलचित्र ल्याबले यो प्लेटफर्म आयोजना गरेको हो। छनोट भएका फिल्मकर्मीलाई राष्ट्रियसँगै अन्तर्राष्ट्रिय फिल्मकर्मीले मेन्टरसिप दिनेछन्।

    यो प्लेटफर्ममा फिल्मकर्मीले निर्माणाधिन लघु कथाको लेखन, वितरण अनि अन्तर्राष्ट्रिय प्लेटफर्मसम्मको पहुँचबारे ज्ञान बटुल्ने बताइएको छ। ‘ल्याबमा सहभागी फिल्मकर्मीले किम्फ चलचित्र महोत्सवमा इन्डस्ट्रि पिच सेसनमा प्रस्तुत गर्नेछन्,’चलचित्र ल्याबका संस्थापक प्रविण कुमार रावतले बताए।

    प्रविणका अनुसार किम्फको अन्तिम दिन यस ल्याबका विजेताहरूको घोषणा गरिनेछ। जहाँ ३, २ र १ लाख गरि तीन प्रोडक्सन ग्रान्ट साथै फिल्म निर्माण गर्न क्यामेरा, पोस्ट प्रोडक्सन अनि लाइट्स र ग्रीपको सहयोग को लागि तीन ‘इन काइन्ड इन्भेस्टमेन्ट अवार्ड’ पाउनेछन् । ल्याबका लागि ३२ फिल्म आवेदनमा परेको थियो । भारत, पाकिस्तान, बंगलादेशदेखि इन्डोनेसियाका देशहरुले पनि ल्याबमा जोडिने प्रयास गरेका थिए।

    ल्याबका अर्का संस्थापक सुशान्त श्रेष्ठका अनुसार आवेदन परेकामध्येमा उनीहरुले १५ फिल्म छानेका थिए। त्यहीमध्येबाट छनोट समितिले उत्कृष्ट १० छनोट गरेका हुन्। त्यसपछि गरिएको अन्तर्वाताबाट भने अन्तिम ६ छानिएका हुन् । ५ दिनसम्म चल्ने यो ल्याब जेठ ७ देखि ११ सम्म आयोजना हुनेछ। विजेता घोषणा भने जेठ १७ मा गरिनेछ।

    ल्याबका मेन्टरका रुपमा बंगलादेशका तन्वीर हुसेन, दक्षिण कोरियाका जेम्स ब्याङ्ग, नेपालबाट फिल्मकर्मी केशव पाण्डे, निर्देशक सुजित बिडारी, फिल्म सम्पादक निमेष श्रेष्ठ र युकेबाट अजय राइ छन्।


    अर्थ चाैतारी
  • आइतबार, २७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट