logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • विमानस्थल निर्माणका नाममा भएको रुख कटानको छानबिन गर्न सांसद गेलालकाे माग

    विमानस्थल निर्माणका नाममा भएको रुख कटानको छानबिन गर्न सांसद गेलालकाे माग

    416
    SHARES
    विमानस्थल निर्माणका नाममा भएको रुख कटानको छानबिन गर्न सांसद गेलालकाे माग

    काठमाण्डौ । सांसद पारसमणि गेलालले उदयपुरको जोगिदहमा प्रस्तावित विमानस्थल निर्माणका क्रममा भएको रुख कटानबारे छानबिनको माग गरेका छन् ।उनले अर्थसमितिकाे छलफलमा बोल्दै १ अर्बको लागतमा बन्ने विमानस्थलका लागि ३ अर्ब बराबरको रुख काटिएको दाबी गरे ।



    साथै त्यसको आम्दानी कहाँ गयो भन्ने प्रश्न उठाए । सांसद गेलालले संसद्मा लुगाको विषयलाई लिएर आलोचना गर्नुभन्दा विकासका काममा ध्यान दिनुपर्ने बताए । उनले आफ्नो क्षेत्रमा २० वर्षदेखि पुल र सडक निर्माण हुन नसकेको गुनासो गरे।

    उनले भने, ‘कतिपय ठाउँमा आफ्ना मान्छेलाई फाइदा पुग्ने गरी प्लटिङका लागि पुल बनाइएको छ, तर जनतालाई आवश्यक पर्ने गिदेरी खोलाको पुल र मुतिगडा-फतेहपुर सडक अझै बनेको छैन । ‘

    वर्षाको समयमा बाटो र पुल नहुँदा जनताले उपचार समेत नपाउने अवस्था रहेको उनले बताए । सांसद गेलालले आगामी बजेटमा भौगोलिक अवस्था हेरेर सबै ठाउँमा समान रूपले बजेट वितरण गर्न अर्थमन्त्रीसँग माग गरे । उनले नीतिगत भ्रष्टाचार रोक्न र अलपत्र परेका योजनाहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट