logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • २० जना करदातामाथि छानबिन गर्दै सरकार, १५ दिनको अल्टिमेटम

    २० जना करदातामाथि छानबिन गर्दै सरकार, १५ दिनको अल्टिमेटम

    247
    SHARES
    २० जना करदातामाथि छानबिन गर्दै सरकार, १५ दिनको अल्टिमेटम

    काठमाण्डौ । सरकारले विभिन्न २० करदातामाथि छानबिन गर्ने भएको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको आन्तरिक राजस्व कार्यालय कोटेश्वर, काठमाडौं र ललितपुर २ ले २० करदातामाथि कर परीक्षण तथा अनुसन्धान गर्ने भएको हो ।



    कर परीक्षण तथा अनुसन्धान गर्न विभिन्न २० करदातालाई १५ दिनभित्र आवश्यक कागजात पेस गर्न निर्देशन दिएको छ । आयकर ऐन २०५८ लगायतका कानुनी प्रावधानअनुसार पटक-पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएका तथा कारोबार स्थल फेला नपरेका करदातामाथि कार्यालयले अनुसन्धान गर्ने जनाएको छ ।

    १५ दिनभित्र सम्बन्धित प्रोप्राइटर, सञ्चालक, साझेदार वा अधिकृत प्रतिनिधिले आय वर्षसँग सम्बन्धित सम्पूर्ण कारोबार विवरणसहित कार्यालयमा उपस्थित हुनुपर्नेछ । समय सीमाभित्र कागजात पेस नगरेमा कार्यालयमा उपलब्ध तथ्याङ्क तथा सूचनाका आधारमा कर निर्धारण गरिने चेतावनीसमेत दिइएको छ ।

    कार्यालयका अनुसार युनिसा हब ट्रेड प्रालि, टेलिफोनिक ट्रेड प्रालि, मकालु काष्ठ उद्योग प्रालि, सक्षम मार्केटिङ प्रालि, म्याक्स नेट सोलुसन्स प्रालि, सिद्धि सिनर्जी कन्स्ट्रक्सन कम्पनी प्रालि, अयोको सिम्बोल इरेक्टर्स नेपाल प्रालि र एस एण्ड डी सप्लायर्स रहेका छन् ।

    त्यस्तै मालिका इन्कर्पोरेट प्रालि, भ्याली रिकेश सप्लायर्स, सम्पन्न ट्रेड कन्सर्न प्रालि, रिहाना इन्टरप्राइजेज, लक्ष्मीपूजा ट्रेडिङ, पी.आर. ट्रेडर्स, रिजन एण्ड रोनिश ट्रेड लिंक र बी.एस. बानिया स्टोर पनि रहको कार्यालयले जनाएको छ ।

    यस्तै, आन्तरिक राजस्व कार्यालय, ललितपुरले एस.के. इण्डष्ट्रिज, एस.के. ट्रेडर्स, माता चुनदेवी कन्स्ट्रक्सन प्रालि र वृषभ ट्रेड इन्टरनेशनल प्रालिलाई कागजात पेश गर्न निर्देशन दिएको हो ।


    अर्थ चाैतारी
  • विहिबार, ३१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट