काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जेठ १ गतेदेखि ३ गतेसम्म “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” सुरु गरेको छ । ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले यस एक्सचेन्ज क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस क्याम्पमा ग्राहकहरूले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने छन् । नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एसेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस एक्सचेन्ज क्याम्पमा टाटा मोटर्सका विभिन्न लोकप्रिय विद्युतीय तथा आइसिई सेगमेन्टका मोडलहरू उपलब्ध हुनेछन् । ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
एक्सचेन्ज मूल्यांकन सुविधा भने सिप्रदी एस्योर्ड प्रा.लि. द्वारा प्रदान गरिनेछ । ग्राहकहरूलाई देश भर रहेका टाटा मोटर्सको शोरुममा पुगी यस अवसरको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।
अर्थ चाैतारी ।