logo

२०८३ जेष्ठ ३, आइतबार

logo
  • २०८३ जेष्ठ ३, आइतबार
  • पूर्वाधार विकासमन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङको अनुगमन

    पूर्वाधार विकासमन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङको अनुगमन

    221
    SHARES
    पूर्वाधार विकासमन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङको अनुगमन

    काठमाण्डौ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणधिन सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन्।



    शनिबार मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याबारे जानकारी लिएका हुन्। उनले निर्माणलाई तिव्रता दिन निर्देशन दिएका छन्।

    उनले निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारी गराउन भनेका छन्। मन्त्री लम्सालले मन्त्रालयका कर्मचारी तथा सडकविभागका महानिर्देशकसहित सुरुङमार्गको स्थलगत अनुगमन गरेका हुन्।

    सिद्धार्थ राजमार्ग निर्माणाधिन सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०८३ चैतभित्र निर्माण सक्नेगरि सुरुङमार्गको काम गरिरहेको जनाएको छ।

     


    अर्थ चाैतारी
  • आइतबार, ३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट