logo

२०८३ जेष्ठ ४, सोमबार

logo
  • २०८३ जेष्ठ ४, सोमबार
  • दरपिठविरुद्धका सबै निवेदन १ बजेभित्र दर्ता गरेर आफूलाई जानकारी दिन कामु प्रधानन्यायाधीश मल्लको आदेश

    दरपिठविरुद्धका सबै निवेदन १ बजेभित्र दर्ता गरेर आफूलाई जानकारी दिन कामु प्रधानन्यायाधीश मल्लको आदेश

    416
    SHARES
    दरपिठविरुद्धका सबै निवेदन १ बजेभित्र दर्ता गरेर आफूलाई जानकारी दिन कामु प्रधानन्यायाधीश मल्लको आदेश

    काठमाण्डौ । प्रस्तावित प्रधान्यायाधीश मनोज शर्माविरुद्धका सबै निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले आदेश दिएकी छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेका निवेदन सर्वोच्च प्रशासनले सुरुमा दरपिठ गरेको थियो।



    दरपिठविरुद्ध दिएका निवेदन होल्ड गरेर राखिएपछि सोमबार १ बजेभित्रमा दर्ता गरी त्यसको जानकारी आफूलाई दिन कामु प्रधान्यायाधीश मल्लले सर्वोच्चका मुख्य रजिष्ट्रारका नाममा आदेश दिएकी हुन्।

    त्रिपाठी लगायतका निवेदकले सर्वोच्चको प्रधानन्यायाधीश सिफारिस बदर गर्न माग गर्दै रिट दायर गरेका थिए। तर प्रस्तावित प्रधानन्यायाधीशकै दबाबमा ती निवेदन न्यायीक प्रक्रियामा अगाडि नबढाएको भन्दै नेपाल बार एसोसियसन लगायतले पनि आपत्ति जनाएका थिए।


    अर्थ चाैतारी
  • सोमबार, ४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट