logo

२०८३ जेष्ठ ५, मंगलबार

logo
  • २०८३ जेष्ठ ५, मंगलबार
  • व्यवसायी अग्रवाल र भट्टलाई सुत्न प्रहरीको कोठा प्रयोग, एसएसपी बोगटी छानबिनमा तानिए

    व्यवसायी अग्रवाल र भट्टलाई सुत्न प्रहरीको कोठा प्रयोग, एसएसपी बोगटी छानबिनमा तानिए

    377
    SHARES
    व्यवसायी अग्रवाल र भट्टलाई सुत्न प्रहरीको कोठा प्रयोग, एसएसपी बोगटी छानबिनमा तानिए

    काठमाण्डौ । प्रहरीको कोठामा दीपक भट्ट र सुलभ अग्रवाललाई सुताएको आरोपमा एसएसपी होबिन्द्र बोगटी छानबिनको दायरामा तानिएका छन् ।



    बैंकिङ कसुर, बीमा र सेयरको भित्री कारोबारसहित सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका भट्ट र अग्रवाललाई हिरासतमै मोबाइल प्रयोग गर्न दिएको भन्दै ललितपुर प्रहरी परिसरका प्रमुख बोगटी छानबिनको दायरामा तानिएका हुन् ।

    सम्पत्ति शुद्धीकरण विभागले छानबिनकोक्रममा ललितपुरको हिरासतमा राखिएका दुबैलाई बोगटीको निर्देशनमा अवैध र अतिरिक्त सुविधा दिएको सूचनाको आधारमा उपत्यका प्रहरी कार्यालयले डीआईजी ओम अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

    प्रहरी हिरासतमा रहेको बेलामा भट्ट र अग्रवालले बाहिरका केही व्यक्तिसँग मोबाइलबाट सम्पर्क गरेको खुलेको थियो ।

    प्रहरीले हिरासतबाट निकालेर प्रहरी कर्मचारीको कोठामा सुताउने, हिरासतमा रहेकालाई भेटघाटका लागी दिइने सुविधा भन्दा अतिरिक्त सुविधा दिएको लगायतको पक्ष खुलेपछि छानबिन समिति नै बनेको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट