logo

२०८३ जेष्ठ ५, मंगलबार

logo
  • २०८३ जेष्ठ ५, मंगलबार
  • नेपाल बैंकमा शर्माले छाडे अध्यक्ष र सञ्चालक पद

    नेपाल बैंकमा शर्माले छाडे अध्यक्ष र सञ्चालक पद

    208
    SHARES
    नेपाल बैंकमा शर्माले छाडे अध्यक्ष र सञ्चालक पद

    काठमाण्डौ । नेपाल बैंक लिमिटेडका अध्यक्ष तथा सञ्चालक प्राध्यापक डाक्टर डिल्लीराज शर्माले पदबाट राजीनामा दिएका छन्। उनले बैंकको अध्यक्ष र सञ्चालक दुवै पद छोडेका हुन्।



    गत वैशाख २४ देखि लागू हुने गरी उनले दिएको राजीनामा बैंकको सञ्चालक समिति बैठकले जेठ १ गते स्वीकृत गरेको कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए। उनी स्वतन्त्र सञ्चालक थिए।

    त्यसैगरी अर्थ मन्त्रालयको तर्फबाट नियुक्त भई सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेकी माया आचार्यले पनि पदबाट राजीनामा दिएको बैंकले जनाएको छ। उनको राजीनामा पनि स्वीकृत भएको छ।

    बैंकलाई मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले यसबारे जानकारी दिएको हो।


    अर्थ चाैतारी
  • मंगलबार, ५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट