काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज बुधबार बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज जेठ ६ गते बुधबार बिहान ९:१५ बजे शेयर बाँडफाँडको तयारी गरेको हो।
कम्पनीले वैशाख २३ देखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४ सय ५५ कित्ता शेयर निष्काशन गरेको थियो।
धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ वैशाख १ गते व्यापारिक उत्पादन गरिरहेको छ ।
कम्पनीका अध्यक्ष अजय बल्लभ पन्त हुन्।
अर्थ चाैतारी ।