logo

२०८३ जेष्ठ ८, शुक्रबार

logo
  • २०८३ जेष्ठ ८, शुक्रबार
  • नेप्सेमा कालिन्चोक हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

    नेप्सेमा कालिन्चोक हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

    338
    SHARES
    नेप्सेमा कालिन्चोक हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालिन्चोक हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । आज शुक्रबार कम्पनीको ५५ लाख कित्ता शेयर सूचीकृत भएको हो ।



    शेयर सूचीकृत भएपछि आगामी सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (KHPL) सिम्बलबाट कारोबार हुने छ।

    नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    यस कम्पनीकी अध्यक्ष इन्दिरा पन्त हुन्।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट