logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • स्नो रिभर्सको आईपीओ आज बाँडफाँड हुँदै

    स्नो रिभर्सको आईपीओ आज बाँडफाँड हुँदै

    806
    SHARES
    स्नो रिभर्सको आईपीओ आज बाँडफाँड हुँदै

    काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज मङ्गलबार बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले जेठ १२ गते बिहान ११ बजे शेयर बाँडफाँड गर्न लागेको हो।



    कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणलाई ७ लाख ७८ हजार १ सय २५ कित्ता शेयर निष्काशन गरेको थियो।

    नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।

    यस कम्पनी अध्यक्ष मोहन बिक्रम कार्की हुन्। कम्पनीका अन्य ठूला शेयरधनीमा नेशनल इक्विटी फण्ड वान, प्रताप गुरुङ, तारा बहादुर कार्की, कृष्ण प्रसाद न्यौपाने लगायत रहेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, १२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार