logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • न्युरोडबाट ठुलो परिमाणमा भेप बरामद

    न्युरोडबाट ठुलो परिमाणमा भेप बरामद

    39
    SHARES
    न्युरोडबाट ठुलो परिमाणमा भेप बरामद

    काठमाण्डौ । प्रहरीले काठमाण्डौको न्युरोडबाट ठुलो परिमाणमा भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ । सोमबार साँझ न्युरोडमा रहेको एक गोदाममा छापा मारेर भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।



    आरबी कम्प्लेक्समा सञ्चालित ‘स्माइल योर च्वाइस’ नामको पसल र त्यहाँ रहेका दुईवटा गोदामबाट २८ हजार ५ सय थान भेप प्रहरीले बरामद गरेर टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको छ ।

    अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–८ घर भएका ३२ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बरामद भेपको बजार मूल्य करिब ६ करोड हुने आकलन गरिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट