काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षाफौजको कारबाहीमा परी संसद् भवन परिसरलगायत स्थानमा ७६ जनाको ज्यान गएको विषयमा दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
०८२ भदौ २३ र २४ गतेको हिंसात्मक प्रदर्शनमा प्रदर्शनकारी, सर्वसाधारण र प्रहरी कर्मचारीसहित ७६ जनाको ज्यान गएको विवरण पनि आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
उक्त प्रकरणमा फिल्डमा रहेका सुरक्षाको जिम्मेवारी लिने उच्चस्तरीय कर्मचारी र पदाधिकारीलाई पनि कारबाही सिफारिस गरिएको छ । आयोगले भनेको छ, ‘‘सोबाहेक फिल्डमा खटिएका गोली चलाउने सुरक्षाकर्मीहरूका विषयमा सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानुनबमोजिम कारबाही गर्न ।’’
nabil
आयोगले उक्त भदौ २४ गतेका घटना अधिकांश आपराधिक कार्य रहेको ठहर गरेको छ । त्यस्तो आपराधिक घटनाका सम्बन्धमा थप सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लागाई कानुनबमोजिम कारवाही गर्न सरकारसमक्ष सिफारिस गरिएको हो ।
अर्थ चाैतारी ।