logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • रास्वपाका यी १६ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

    रास्वपाका यी १६ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

    143
    SHARES
    रास्वपाका यी १६ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

    काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १६ जना सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनले छानबिन गरी दोषी देखिए कारबाही गर्न सिफारिस गरेको हो ।



    जसमा रास्वपाका सांसदहरू मनिष झा, हरि ढकाल, डा. तोसिमा कार्की, गणेश कार्की, सुलभ खरेल, कृष्ण कार्की, आशिका तामाङ, बब्लु गुप्ता, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, ज्वाला संग्रौला, शिव यादव, सुधन गुरुङ र पुरुषोत्तम यादवमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

    पूर्वगृहमन्त्री समेत रहेका सुधन र सांसद यादवले जेनजी आन्दोलन गर्न लागि अनुमति लिएको आयोगको प्रतिवेदनमा उल्लेख छ । भिडलाई उक्साउने समूहलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ ।

    आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । आयोगले तयार पारेको प्रतिवेदन बुधबार आफ्नो सिफारिस प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट