logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • प्रधानमन्त्रीले भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन नेकपाको माग

    प्रधानमन्त्रीले भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन नेकपाको माग

    52
    SHARES
    प्रधानमन्त्रीले भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन नेकपाको माग

    काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भ्रामक अभिव्यक्ति फिर्ता नभएसम्म सदन अघि नबढाउन माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा दलका तर्फबाट धारणा राख्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति सीमासम्बन्धी अज्ञानता मात्र नभएर राष्ट्रहित विपरीतको अभिव्यक्ति भएको बताए ।



    ‘सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले यसरी तथ्यहीन विषय बोल्नु गम्भीर गल्ती हो र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको बचाउमा दशगजाको विषयलाई लिएर क्रस बोर्ड अकुपेन्सीको भनेर झुठलाई तोडमरोड गर्नु अर्को गल्ती हो’, दुलालको भनाइ छ ।

    साथै उनले लिपुलेक क्षेत्रको ६० हजार नेपाली भूमि भारतले अतिक्रमण गरेको भन्दै उनले कुनै तथ्याङ्कबिनै नेपालले भारतीय भूमि मिचेको कुनै तथ्याङ्क नभएको बताए । उनले गलत र भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन आग्रह पनि गरे ।

    त्यस्तै, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालले भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद चल्न नसक्ने बताए ।


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट