logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न ‘सर्च कमिटी’ गठन

    काठमाण्डौ विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न ‘सर्च कमिटी’ गठन

    286
    SHARES
    काठमाण्डौ विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न ‘सर्च कमिटी’ गठन

    काठमाण्डौ । काठमाण्डौ विश्वविद्यालयको १०१औँ सिनेट बैठकले विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटी गठन गरेको छ।



    मंगलबार सम्पन्न सिनेट बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको संयोजकत्वमा कमिटी गठन गर्ने निर्णय गरेको हो। सर्च कमिटीमा काठमाण्डौ विश्वविद्यालयका बोर्ड अफ ट्रस्टी तथा संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगको शिक्षा क्षेत्र हेर्ने सदस्य रेशु अर्याल ढुङ्गाना सदस्य रहेका छन्।

    सिनेटको निर्णयअनुसार सर्च कमिटीले उपकुलपति पदका लागि योग्य व्यक्तिको खोज, मूल्याङ्कन तथा छनोट गरी नाम सिफारिस गर्नेछ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट