logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • म्याग्दी र मुस्ताङमा पर्यटकको ओइरो, ४ दिनमै ३० हजार पर्यटक

    म्याग्दी र मुस्ताङमा पर्यटकको ओइरो, ४ दिनमै ३० हजार पर्यटक

    221
    SHARES
    म्याग्दी र मुस्ताङमा पर्यटकको ओइरो, ४ दिनमै ३० हजार पर्यटक

    काठमाण्डौ । म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रहरूमा पछिल्लो समय पर्यटकहरूको निकै उत्साहजनक आगमन देखिएको छ । जेठ १४ गतेदेखि १७ गतेसम्मको ४ दिने सार्वजनिक बिदाको अवसर पारेर यी दुई जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यहरूमा ३० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिएका छन् ।



    यसरी छोटो समयमा ठुलो सङ्ख्यामा पर्यटकहरूको आगमन भएपछि म्याग्दी र मुस्ताङका होटलहरू पूर्ण रूपमा ’प्याक’ भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

    यस अवधिमा पर्यटकहरूको मुख्य रोजाइमा प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको कागबेनी, चीनसँगको सीमा क्षेत्र कोरला नाका र प्राकृतिक तातोपानी कुण्डका लागि चर्चित भुरुङ्ग–तातोपानी रहेका छन् ।

    विशेषगरी मधेस, भित्री मधेस र ठुला सहरहरूमा अत्यधिक गर्मी र लामो बिदा एकैपटक हुँदा हिमाली क्षेत्रको मनमोहक प्राकृतिक सौन्दर्य, अनुपम संस्कृति र महत्त्वपूर्ण धार्मिक स्थलहरूको प्रत्यक्ष अवलोकनका लागि देशका विभिन्न भागबाट पर्यटकहरू ओइरिएका हुन् ।

    मन्त्रालयका अनुसार भुरुङ्ग–तातोपानीमा रहेको प्राकृतिक कुण्डमा स्नान गर्ने र मुक्तिनाथको दर्शन गर्नेहरूको भीड अत्यधिक देखिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट