logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • डिशहोमको फिफा विश्वकप २०२६ विशेष अफर : सिजन पास खरिदमा ३ महिनाको निःशुल्क सदस्यता

    डिशहोमको फिफा विश्वकप २०२६ विशेष अफर : सिजन पास खरिदमा ३ महिनाको निःशुल्क सदस्यता

    221
    SHARES
    डिशहोमको फिफा विश्वकप २०२६ विशेष अफर : सिजन पास खरिदमा ३ महिनाको निःशुल्क सदस्यता

    काठमाण्डौ । नेपालको अग्रणी डिटिएच तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी ‘फिफा विश्वकप २०२६’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । फुटबलप्रेमी ग्राहकहरूलाई उच्च गुणस्तरमा खेलको अनुभव दिलाउन कम्पनीले सिजन पाससँगै थप सुविधाहरू घोषणा गरेको हो ।



    डिशहोमका अनुसार डिटिएच कम्बो तथा आइपिटिभि कम्बो सेवा प्रयोग गरिरहेका ग्राहकहरूले यो योजनाको लाभ उठाउन सक्नेछन् । ग्राहकहरूले आफ्नो ६ महिना वा १२ महिनाको कम्बो प्याकेज रिचार्ज गरी मात्र ९९९ रूपैयाँ मा ‘फिफा विश्वकप २०२६ सिजन पास’ खरिद गर्न सक्नेछन् । यसरी सिजन पास खरिद गर्दा ग्राहकले थप ३ महिनाको सदस्यता पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन् । यो योजना सन् २०२६ जुन १ देखि जुलाई २१ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

    फिफा विश्वकप २०२६ अन्तर्गतका कुल १०४ वटै खेलहरू हिमालय स्पोर्ट्स च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुनेछन् । डिशहोमका ग्राहकहरूले डिटिएच, आइपिटिभि, डिगो, केबल टिभि तथा टिटु टिभि जस्ता विभिन्न प्लेटफर्ममार्फत सहजै खेलहरूको आनन्द लिन सक्नेछन् ।

    यो विशेष योजनाको लाभ लिन इच्छुक ग्राहकहरूले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोमको आधिकारिक वेबसाइटमार्फत सिजन पास खरिद गर्न सक्नेछन् । थप जानकारीका लागि कम्पनीको ग्राहक सेवा केन्द्रको नम्बर ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, २० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट