logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह

    मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह

    585
    SHARES
    मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह

    काठमाण्डौ । गत चैतमा सम्पन्न एसईई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा सिरहाका परीक्षा हलबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल नष्ट गरिएपछि अभिभावकहरूले आफ्नो महत्त्वपूर्ण विवरणहरू गुमाउनु परेको गुनासो गरेका छन् ।



    आफूहरूले पटक–पटक सिरहा प्रशासन र शिक्षा विकास तथा समन्वय इकाइलाई मोबाइल नष्ट नगर्न अनुरोध गरे पनि सुनुवाइ नभएको अभिभावकहरूले गुनासो गरेका हुन् । बरु परीक्षा हलभित्र मोबाइल लैजानै नपाउने वातावरण बनाइदिएको भए हुने उनीहरूको भनाइ छ । तर यसरी मोबाइल जफत गरेर नष्ट गर्नु गैरजिम्मेवार काम भएको उनीहरूको आरोप छ ।

    अभिभावक तारकेश्वर यादवले मोबाइलमा सुरक्षित रहेको जन्मदर्ताको फोटो समेत नष्ट भएको गुनासो पोखे । यादवले भने, ‘डकुमेन्ट हराएपछि मोबाइलमा भान्जाको जन्मदर्ताको फोटो थियो । सानो बेला खिचिएका फोटाहरू पनि धेरै थिए । सबै हरायो । जन्मदर्ता बनाउन दुःख पाउनुपरेको छ ।’ यादवले आफ्नो कुरा प्रशासनले बेवास्ता गरेको बताए । यादवले भने, ‘मैले परीक्षा केन्द्र रहेको मावि गोलबजारमा प्रधानाध्यापकलाई भेटेँ । जिल्ला प्रशासनमा पनि गएँ । तर, प्रशासनले मतलब नै गरेन । हाम्रो विषयलाई संवेदनशील रूपमा लिएन । मोबाइल दिन सकिँदैन भन्नुभयो ।’ आफू परीक्षा सकिएको दुई हप्तापछि जिल्ला प्रशासन कार्यालय सिरहा पुगेको उनले बताए ।

    मोबाइल जफत भएकी एक विद्यार्थीले भनिन्, ‘एक दुई दिन त तनाव भयो । खान पनि मन लागेन । मेरो मोबाइलमा घरमा आफन्तको नम्बर टन्नै थियो । आमा बुवाले केही भन्नुहुन्छ कि भनेर साह्रै पीर लाग्यो । मामाले चिन्ता नगर भन्नुभयो । मोबाइल किन्दिन्छु, अब यो कुरा छोडिदेऊ भन्नुभयो ।’

    अर्का एक अभिभावकले चिट नचोरेर पनि मोबाइल लगेको भरमा खोसिदिएको गुनासो गरे । ती अभिभावकले भने, ‘मलाई घर आएर बाबुले पनि भन्यो, मैले चिट चोरेको थिएन । त्यही बेञ्चमा बस्दा अर्को साथीको खोसेर लग्दा मेरो पनि लग्यो । बाबु डराएर मोबाइल दिएछ । मेरो विचारमा चोरी गरेर गल्ती गरेको भए जफत गर्नु ठिकै हो । तर, गल्ती नगरेर पनि मोबाइल नष्ट हुँदा साह्रै चित्त दुख्यो ।’ उनले फोनमा भएका फोटो, भिडिओ फोन नष्ट भएसँगै हराएको गुनासो गरे ।

    लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले अभिभावकहरू आफूकहाँ आएर गुनासो गरेको बताएका छन् । उनले भने, ‘केही अभिभावकहरू सम्पर्कमा आएर एक पटकका लागि मौका दिनुहोस् भनेर अनुरोध गर्नुभयो । मैले हामीले खोसेको होइन, जफत गर्ने नियम छ कि नष्ट गर्ने ? यस विषयमा परीक्षा समितिको निर्णयको कुरा हो भनेर भने ।’

    शिक्षक महासंघका पूर्वअध्यक्ष बाबुराम थापाले परीक्षाका बेलामा परीक्षा हलमा मोबाइल लैजान नपाइने स्वाभाविक भए पनि मोबाइल नै नष्ट गर्नु नरसंहारकारी काम भएको बताएका छन् ।

    सिरहाबाट गत वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा ११ हजार ३७ विद्यार्थी सहभागी थिए । परीक्षामा साधारणतर्फ १० हजार ६२५ र प्राविधिक धारतर्फका ४१२ जना विद्यार्थी सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

    इकाइका सूचना अधिकारी पुस्कर गैरपिप्लीले सहभागीमध्ये नियमिततर्फ ६५.४४ प्रतिशत ग्रेडेड भएका जानकारी दिए ।


    अर्थ चाैतारी
  • शनिबार, २३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट