logo

२०८३ जेष्ठ २५, सोमबार

logo
  • २०८३ जेष्ठ २५, सोमबार
  • एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बर्डर एद्दए) सेवाको सुरुवात

    एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बर्डर एद्दए) सेवाको सुरुवात

    312
    SHARES
    एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बर्डर एद्दए) सेवाको सुरुवात

    काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ’इन्डो–नेपाल एद्दए रेमिट्यान्स’ सेवा सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड ९ल्ऋज्ी० सँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुनेछ ।



    यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन् । अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन, उताबाट पठाउने बित्तिकै एनएमबि बैंकमा रहेको तपाईंको व्यक्तिगत खातामा तुरुन्तै पैसा आइपुग्छ । पैसा मगाउनका लागि र पठाउन अब आफ्नो लामो बैंक खाता नम्बर अरूलाई सेयर गरिरहनु पर्ने झन्झट समेत हुनेछैन । बैंकले ग्राहकहरूको सुरक्षाका लागि एउटा सजिलो र छुट्टै भर्चुअल ठेगाना ९ख्एब्० बनाइदिनेछ र यही ठेगाना मार्फत सजिलै पैसा मगाउन, पठाउन सकिनेछ ।

    यो सेवालाई सबैको पहुँचमा पु¥याउन बैंकले अत्यन्तै सरल बनाएको छ । ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप वा बैंकको वेबसाइटबाट आफैं यो सेवा प्रयोग गर्न सक्नुहुन्छ भने जुनसुकै शाखामा गएर कर्मचारीहरूको मद्दतबाट पनि यो सेवा सजिलै सुरु गर्न सक्नुहुनेछ । घरखर्च वा व्यक्तिगत कामका लागि भारतबाट पैसा मगाउँदा आवश्यकता अनुसार रकम प्राप्त गर्न थप सहज हुनेछ । ग्राहकको मिहिनेतको कमाइ पूर्ण रूपमा सुरक्षित होस् र सही ठाउँमा पुगोस् भन्नका लागि बैंकको आन्तरिक प्रणालीले यसको निरन्तर निगरानी र सुरक्षा समेत गरिरहेको हुन्छ ।

    एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट