काठमाण्डौ । अरुण काबेली पावरले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर जारी गर्न अनुमति मागेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति मागेको छ।
धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले हाल कायम चुक्तापुँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० रुपैयाँको १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार १०० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १९ करोड ४७ लाख ९७ हजार ११ कित्ता शेयर बिक्री खुला गर्नेछ।
कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
अर्थ चाैतारी ।