logo

२०८३ जेष्ठ २५, सोमबार

logo
  • २०८३ जेष्ठ २५, सोमबार
  • वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर

    वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर

    221
    SHARES
    वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर

    काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।



    मेयर सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित अख्तियारले सिंह सहितलाई मुद्दा चलाएको हो । अख्तियारले मेयर सिंहलाई मतियारको मुख्य कसुरदार सरह सजायको माग गरेको छ ।

    त्यस्तैगरी नागरिकता लिनेकी आमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाएको छ ।

    उनीहरूबाहेक गलत प्रतिवेदन तयार पारेको अभियोगमा गृह मन्त्रालयका कर्मचारी पुष्कर राना र परशुराम पोखरेललाई पनि कसुरदार मानेर मुद्दा दर्ता गरेको अख्तियारले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    अर्थ चाैतारी
  • सोमबार, २५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट