logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • सुस्तामा एसएसबीका सुरक्षाकर्मी छिरेकोबारे आवश्यक कदम चालिन्छ : प्रवक्ता पोखरेल

    सुस्तामा एसएसबीका सुरक्षाकर्मी छिरेकोबारे आवश्यक कदम चालिन्छ : प्रवक्ता पोखरेल

    312
    SHARES
    सुस्तामा एसएसबीका सुरक्षाकर्मी छिरेकोबारे आवश्यक कदम चालिन्छ : प्रवक्ता पोखरेल

    काठमाण्डौ । सरकारले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी छिरेकोबारे आवश्यक कदम चालिने बताएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसबारे परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने बताए ।



    ‘सुस्तामा बस्ने नेपाली नागरिकहरूले पहिलादेखि नै भूमिलाई रक्षा गरिरहनुभएको छ । उहाँहरूले दशकौँदेखि भूमिको संरक्षण गर्दै हुनुहुन्छ । उहाँहरूलाई नमन गर्नैपर्छ । यसबारे परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चाल्ने नै छ ।’

    भारतसँगको सीमा विवाद परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा समाधानका लागि प्रयास गरिरहेको प्रवक्ता पोखरेलले बताए ।

    शुक्रबार बिहान करिब ७ बजे सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा एसएसबी प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका थिए । नारायणी नदीमा निर्माणाधीन तटबन्धको काम रोक्न १७ जेठमा एसएसबी नेपाली भूमि प्रवेश गरेपछि यस क्षेत्रलाई नेपाली र भारतीयले निगरानीमा राखिरहेका बेलामा दुवै आज फेरि एसएसवी नेपाल छिरेका हुन् । स्थानीयसँग केही समय सामान्य वादविवाद गरेपछि एसएसबी भारततर्फ नै लागेका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट