logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • आधुनिक डिजाइन, उच्च सुरक्षा र उन्नत प्रविधिसहित, नयाँ किया सेल्टोस् नेपालमा सार्वजनिक

    आधुनिक डिजाइन, उच्च सुरक्षा र उन्नत प्रविधिसहित, नयाँ किया सेल्टोस् नेपालमा सार्वजनिक

    611
    SHARES
    आधुनिक डिजाइन, उच्च सुरक्षा र उन्नत प्रविधिसहित, नयाँ किया सेल्टोस् नेपालमा सार्वजनिक

    काठमाण्डौ । नेपालमा कियाको नयाँ पुस्ताको एसयुभी अल न्यु किया सेल्टोस् औपचारिक रूपमा सार्वजनिक गरिएको छ। कम्पनीले यसलाई डिजाइन, सुरक्षा, प्रविधि र ड्राइभिङ अनुभव सबै पक्षमा पूर्ण रूपमा सुधार गरिएको मोडेलका रूपमा प्रस्तुत गरेको छ। किया सेल्टोस् ग्लोबल प्लेटफर्ममा आधारित भएर पुनः डिजाइन गरिएको हो र यसमा पहिलेको तुलनामा अझ बलियो बडी स्ट्रक्चर, प्रिमियम इन्टेरियर तथा आधुनिक टेक्नोलोजी फिचरहरू समावेश गरिएको छ। कम्पनीका अनुसार यसले ड्राइभिङ अनुभवलाई अझ सहज, सुरक्षित र आरामदायी बनाउने लक्ष्य राखिएको छ।



    नयाँ किया सेल्टोस् ले भारतको (भारत न्यु कार असिस्मेन्ट प्रोग्राम) मा ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। करिब ८१.४६ अंक सहित यो आफ्नो सेग्मेन्टकै उत्कृष्ट सुरक्षा प्रदर्शन गर्ने एसयुभी मध्ये एक बनेको कम्पनीको दाबी छ। यसमा मल्टिपल एयरब्याग, एबिएस् विथ इबिडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (इएससी), हिल असिस्ट कन्ट्रोल तथा एडभान्स ड्राइभर असिस्ट सिस्टम जस्ता आधुनिक सुरक्षा सुविधा समावेश छन्, जसले यात्रुहरूको सुरक्षा अझ मजबुत बनाएको छ।

    डिजाइन र इन्टेरियरको हिसाबले पनि किया सेल्टोसमा ठूलो परिवर्तन गरिएको छ। यसमा आकर्षक बोल्ड फ्रन्ट ग्रिल, अपडेटेड एलइडी हेडल्याम्प, डिजिटल ककपिट र प्रिमियम इन्टेरियर लेआउट समावेश गरिएको छ। उच्च भेरियन्टमा प्यानोरामिक डिस्प्ले लगायतका आधुनिक फिचरहरूले यसलाई अझ प्रिमियम ए‍सयुभी को रूपमा स्थापित गरेको छ।

    नेपाल बजारका लागि यो एसयुभी विभिन्न इन्जिन र ट्रान्समिसन विकल्पमा उपलब्ध रहेको छ, जसमा एचटीके (ओ), आईभीटी, एचटीएक्स (ए) र एक्स–लाइन (७ डीसीटी)जस्ता भेरियन्टहरू समावेश छन्। ग्राहकले आफ्नो आवश्यकता अनुसार उपयुक्त मोडेल छनोट गर्न सक्नेछन्। मूल्य भने भेरियन्टअनुसार फरक हुने कम्पनीले जनाएको छ र आधिकारिक डिलरमार्फत विस्तृत मूल्य सार्वजनिक गरिनेछ।

    नेपालमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज मार्फत Kia गाडीहरूको आधिकारिक बिक्री तथा वितरण हुँदै आएको छ। पछिल्ला वर्षहरूमा किया ब्रान्ड नेपालमा एसयुभी सेग्मेन्टमा निकै लोकप्रिय बन्दै गएको छ। कम्पनीका अनुसार नयाँ सेल्टोस ले नेपाली बजारमा बढ्दो एसयुभी मागलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट