काठमाण्डौ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। सोमबार मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। कुल विनियोजनमध्ये चालु खर्चतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात ३५.५४ प्रतिशत छुट्याइएको छ।
पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार अर्थात ६४.३६ प्रतिशत विनियोजन गरेको अर्थमन्त्री भट्टराईले बताए। आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोततर्फ, आन्तरिक राजश्व तथा विविध प्राप्तिबाट ११ अर्ब २२ करोड ७५ लाख संकलन गर्ने र संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाबाट १२ अर्ब ८३ करोड प्राप्त हुने अनुमान रहेको अर्थमन्त्रीले बताएका छन्।
त्यसैगरी, संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदानबाट नौ अर्ब ४९ करोड ५९ लाख र चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब आठ करोड ५२ लाख बेहोरिने अर्थमन्त्री भट्टराईले बताए।
यी स्रोत परिचालन गर्दा पनि अपुग हुने एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणबाट परिपूर्ति गर्न व्यवस्था मिलाएको उनले बताए।
Skip to PDF content
अर्थ चाैतारी ।