logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • उपत्यकाको ट्राफिक समस्या समाधान गर्न नाडा र ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

    उपत्यकाको ट्राफिक समस्या समाधान गर्न नाडा र ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

    286
    SHARES
    उपत्यकाको ट्राफिक समस्या समाधान गर्न नाडा र ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

    काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसियशनले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याबारे छलफल गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा कार्यालयमै पुगेको नाडा प्रतिनिधिमण्डलले ट्राफिक प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी यस सम्बन्धमा छलफल गरेको हो ।



    छलफलमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख काफ्लेले कार्यालय र नाडाबीच दीर्घकालिन सहकार्य हुनुपर्ने धारणा राखेका छन् । उनले पहाडी क्षेत्रमा चल्नुपर्ने ठूला सिसिका बाइकहरु पनि काठमाडौं शहरभित्र चल्ने गरेको गुनासो बताउँदै बाइकको तुलनामा स्कुटरको दुर्घटना कम हुने गरेको तथ्य समेत बताए ।

    उनले नाडाले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भन्दै नाडाले ए.आई. प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थाका लागि समेत पहल गर्नुपर्ने बताएका छन् । काफ्लेले सवारी साधन खरिद गर्ने हरेक ग्राहक, सर्भिस सेण्टर र पहिलो पल्ट सवारी साधन चलाउन लाइसेन्स लिने हरेक व्यक्तिले उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टा अवधिको छोटो प्रशिक्षण लिनुपर्ने व्यवस्थाका लागि आग्रह गर्दै यसबाट ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    नाडाका अध्यक्ष उपे्रतीले नाडाले ट्राफिक प्रहरी कार्यालयसँग विगतदेखि नै सहकार्य गर्दै आएको बताए । उनले नाडाले आफ्नो आउँँदो ५०औं वार्षिक साधारणसभा अर्थात स्वर्ण उत्सवको सन्दर्भमा यही २०८३ असार १३ गते देखि १९ गतेसम्म राजधानीमा विभिन्न कार्यक्रमहरु सहित विशेष सप्ताहव्यापी कार्यक्रम मनाउन लागेको जानकारी दिँदै उक्त कार्यक्रमलाई थप भव्य र प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयको भूमिका महत्वपूर्ण हुने भएकोले आवश्यक सहयोगका लागि आग्रह समेत गरे ।

    त्यसै क्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडाले स्टिकरमार्फत ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने जानकारी समेत गराएका छन् ।

    छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले ट्राफिक प्रहरी कार्यालयसँग नाडाले विगतदेखि नै सहकार्य गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि थप प्रभावकारी सहकार्य गर्न चाहेको जानकारी गराए ।

    छलफलमाा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवाल पनि सहभागी थिए ।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट