काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिहीबार बाँडफाँड हुने भएको छ। बिकी प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बिहीबार बिहान ८:३० बजे शेयर बाँडफाँड गर्न लागिएको हो।
कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म आम सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
२०६८ सालमा स्थापना भई एभरेष्ट कलर लिमिटेडले नेपाली बजारमा रङ्ग उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ । कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक ईमल्सन पेन्ट्स र प्राईमर, ईनामेल पेन्ट्स, काठ र धातु प्राईमर, एक्रेलिक डिस्टेम्पर, आल्युमिनियम पेन्ट्स, वाल पुट्टीङ तथा औद्योगिक पेन्ट्सहरु आदि उत्पादन गर्दै आईरहेको छ ।
अर्थ चाैतारी ।