logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • नेपाल यातायात महासंघको जिम्मेवारी सरोज सिटौलालाई सुम्पिँदै बिदा भए स्वाँर

    नेपाल यातायात महासंघको जिम्मेवारी सरोज सिटौलालाई सुम्पिँदै बिदा भए स्वाँर

    403
    SHARES
    नेपाल यातायात महासंघको जिम्मेवारी सरोज सिटौलालाई सुम्पिँदै बिदा भए स्वाँर

    काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व पुण्यप्रसाद सिटौला (सरोज) ले सम्हालेका छन् । गत वैशाख २७ देखि ३० गतेसम्म कास्कीको पोखरामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिले बुधबार आधिकारिक रूपमा आफ्नो कार्यभार सम्हालेको हो ।



    कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्ण ज्ञवालीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए । कार्यक्रममा निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँरले नवनिर्वाचित अध्यक्ष सरोज सिटौला लगायतका पदाधिकारीहरूलाई पद हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    शपथ ग्रहणका क्रममा नवनिर्वाचित पदाधिकारीहरूले सार्वजनिक यातायात क्षेत्रको सुधार, व्यवसायीहरूको हकहित र समग्र यातायात प्रणालीको विकासका लागि विधानको पूर्ण पालना गर्दै इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका थिए । नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्षहरूको जिम्मेवारी सानुकाजी प्रजापति, ऐन कुमार शाही र केदार प्रसाद पौडेलले सम्हालेका छन् ।

    यस्तै, महासंघको महासचिवमा देगनाथ गौतम र सचिवहरूमा उमेश केसी, चेत प्रसाद गौतम ुअर्जुनु र टंक प्रसाद बस्यालले जिम्मेवारी सम्हालेका छन् । त्यसैगरी, कोषाध्यक्षमा राजेन्द्र आचार्य र सह–कोषाध्यक्षमा शोभाखर पौडेलले सम्हालेका छन् ।

    महासंघले सातवटै प्रदेशका लागि प्रादेशिक संयोजकहरू पनि पदस्थापन गरेको छ । जसअनुसार कोशी प्रदेशमा सरोज श्रेष्ठ, मधेस प्रदेशमा हरिनारायण यादव, बागमतीमा सुवर्ण गिरी, गण्डकीमा महेश बहादुर खड्का, लुम्बिनीमा सन्जीव रोका, कर्णालीमा नारायण चपाई र सुदूरपश्चिम प्रदेशमा टेकराज जोशीले संयोजकको जिम्मेवारी सम्हालेका छन् ।

    यसका साथै बस, मिनीबस, ट्रक, ट्याक्सी, माइक्रोबस, ट्याङ्कर लगायतका विभिन्न वर्गीय क्षेत्रका संयोजक र केन्द्रीय सदस्यहरूले पनि सोही अवसरमा शपथ लिएका छन् ।

    पदस्थापन कार्यक्रममा बोल्दै निर्वाचन समितिका संयोजक ज्ञवालीले निर्वाचन प्रक्रिया उत्साहजनक र लोकतान्त्रिक ढंगले सम्पन्न भएको बताउँदै नयाँ नेतृत्वले यातायात क्षेत्रका विद्यमान चुनौतीहरूलाई चिर्दै व्यवसायीहरूको साझा आवाजको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा देशभरका विभिन्न यातायात समिति र संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, ३ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट